दफा २१
आफ्नो जिम्मेवारी पन्छाउन नहुने
(१) यस ऐन वा प्रचलित कानून बमोजिमकार्यसम्पादन गर्नु पर्ने पदाकिारीले आफु लाई सुम्पिएको वा यस ऐन वा प्रचलितकानून बमोजिम आपूले सम्पादन गर्नु पर्ने काम निर्धारित शर्त तथा निर्धारितअवधिभित्र सम्पादन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कार्य सम्पादन गर्नु पर्ने पदाधिकारीले दफा२२ कोअवस्थामा बाहेक आफ्नो जिम्मेवारी पन्छाउन वा आपूले गर्नु पर्ने कामअरु कसैलाईगर्न लगाउन हुँदैन ।
(३) उपदफा (२) को प्रतिकूल हुनेगरी अरुलाई काम लगाउने वा अन्य कुनैकिसिमले जिम्मेवारी पन्छाउने वा जिम्मेवारी पन्छाउने बदनीयतले निर्धारितअवधिभित्र कार्य सम्पादन नगर्ने वा कार्य सम्पादन सूचक बमोजिम उपलब्धि हासिलनगर्ने पदाधिकारीलाई मुख्य सचिव भए नेपाल सरकार(मन्त्रिपरिषद्), सचिवभए मुख्य सचिव, मन्त्रालय अन्तर्गतका पदाधिकारी वाविभागीय प्रमुख भए सम्बन्धित सचिव र विभाग अन्तर्गतका अन्य पदाधिकारी भएसम्बन्धित विभागीय प्रमुखले चेतावनी
दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम चेतावनी दिँदा पनि त्यस्तो पदाधिकारीको आचरणतथा काम कारबाहीमा सुधार नआएमा
त्यस्तो पदाधिकारीउपर कार्यक्षमताकोअभावको आधारमा प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्नु पर्नेछ ।